Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी ७ निर्माण कम्पनी कालोसूचीमा

यी ७ निर्माण कम्पनी कालोसूचीमा

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा सात निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कारबाही गर्दै ती कम्पनीलाई एकदेखि दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाएको हो ।

कार्यालयद्वारा मंगलबार जारी सूचनाअनुसार अनुप कन्स्ट्रक्सन, गोरिल निर्माण सेवा, कृपा इन्जिनियरिङ्ग, गंगोत्री देवी निर्माण सेवा, अंसुमन निर्माण सेवा र अच्युत कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यस्तै, नेपाल विद्युत प्राधिकरण को सिफारिसमा इटालीको ‘एम/एस ईएलसी इलेक्ट्रोकन्सल्ट’लाई दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ ।

कालोसूचीमा समावेश भएका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सरकारी ठेक्का, बोलपत्र वा सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने कार्यालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077