Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु

विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो । घटनामा अन्य २५ जना घाइते भएका छन् ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चट्याङबाट सबैभन्दा बढी पाँच जनाको मृत्यु भएको छ । यस्तै, आगलागीबाट एक, लेक लागेर दुई र सर्पदंश तथा जनावरको आक्रमणबाट दुईजनाको मृत्यु भएको उनले जानकारी दिइन् ।

यस अवधिमा चट्याङका ३८ वटा घटना भएकामा १९ जना घाइते भएका छन् । ती घटनाबाट ३८ लाखको भौतिक क्षति भएको पनि प्राधिकरणले जनाएको छ । देशका विभिन्न ५२ जिल्लामा विपद्का घटना भएको थिए ।

प्राधिकरणका अनुसार पछिल्ला १४ दिनमा मात्रै विपद्‌बाट ३३ जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । यस अवधिका ५४४ वटा विपद्का घटना भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077