Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानी विदेशमन्त्री फेरि इस्लामावादमा, युद्ध चाँडै अन्त्य हुने ट्रम्पको विश्वास

इरानी विदेशमन्त्री फेरि इस्लामावादमा, युद्ध चाँडै अन्त्य हुने ट्रम्पको विश्वास

सोमवार , बैशाख १४, २०८३

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघची २४ घण्टा नबित्दै फेरि पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन् । उनी शनिबार मात्रै इस्लामाबादबाट ओमानको राजधानी मस्कट गएका थिए ।

निर्धारित कार्यतालिका अनुसार नै अराघची इस्लामाबादमा उच्चस्तरीय भेटघाट सकेपछि रुसको राजधानी मस्को प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने र अमेरिकाले विजय हासिल गर्ने दाबी गरे । उनले इरान वार्ताका लागि इच्छुक भए सिधै संवाद गर्न सक्ने समेत बताए ।

यसअघि ट्रम्पले पाकिस्तानमा प्रस्तावित अमेरिकी प्रतिनिधिमण्डलको बैठक रद्द गरेका थिए । हिजो इस्लामाबाद पुगेपछि इरानका विदेशमन्त्री अराघचीले पाकिस्तानका सेनाप्रमुख फील्ड मार्शल आसिम मुनीरसँग भेट गरेका थिए ।

अमेरिका–इरानबीच शान्ति वार्ता पुनः शुरु गर्न प्रस्तावित रूपरेखा प्रस्तुत गर्ने तयारी भइरहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077