Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुजरातसँग चेन्नई ८ विकेटले पराजित, सुदर्शनको विष्फोटक ब्याटिङ

गुजरातसँग चेन्नई ८ विकेटले पराजित, सुदर्शनको विष्फोटक ब्याटिङ

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ ।

चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा भएको खेलमा गुजरातले १६.४ ओभरमै १५९ रनको लक्ष्य पूरा गर्‍यो । पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन मात्र बनाउन सकेको थियो ।

३७ रनमै ४ विकेट गुमाएर संकटमा परेको चेन्नईको पारीलाई कप्तान ऋतुराज गायकवाडले सम्हालेका थिए। उनले ६० बलमा ७४ रनको अविजित अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यान चल्न सकेनन्।

 गुजरातका लागि कागिसो रबाडाले घातक बलिङ गर्दै ३ विकेट लिए भने मोहम्मद सिराज, मानव सुथार र अरशद खानले १–१ विकेट झारे।

१५९ रनको मध्यम लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले उत्कृष्ट प्रदर्शन गरे। उनले मात्र ४६ बलमा ८७ रनको विष्फोटक पारी खेले।

कप्तान शुभमन गिल ३३ रनमा आउट भए पनि जोस बटलरले ३९ रन बनाउँदै सुदर्शनलाई राम्रो साथ दिए। चेन्नईका नूर अहमद र अकिल हुसैनले १–१ विकेट लिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077