Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजाज्ञानेन्द्र शाहलाई पोखरामा भव्य स्वागत

पूर्वराजाज्ञानेन्द्र शाहलाई पोखरामा भव्य स्वागत

शुक्रवार , बैशाख ११, २०८३

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । उनलाई समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।

शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका थिए । उनीहरुले ‘राजा आउ, देश बचाउ’ भन्दै गणतन्त्र विरूद्ध नारा समेत लगाएका छन् ।

लोकतन्त्र दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्र पोखरा भ्रमणमा निस्किएका हुन् । उनी पोखरामा नवनिर्मित सोल्टी होटलमा बस्ने छन् ।

ज्ञानेन्द्र शाह पोखरामा कम्तिमा २ हप्ता बस्ने योजनाका साथ आएको बताइएको छ । 

२०८१ माघ २७ गते पोखरा भ्रमणमा आएका ज्ञानेन्द्र २ साता बसेर फर्किँदा राजावादीहरुले काठमाडौं विमानस्थलमा ठूलो शक्ति प्रदर्शन गर्दै स्वागत गरेका थिए ।

ज्ञानेन्द्र शाहको पोखरा भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले पूर्वराजाको यसपटकको भ्रमण अर्थपूर्ण रहेको बताएका छन् । 

gyan.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077