Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राइड सेयरिङ चालकलाई प्रहरीको कडा चेतावनी - यात्रुको भिडियो बनाए कारबाही गर्छौँ

राइड सेयरिङ चालकलाई प्रहरीको कडा चेतावनी - यात्रुको भिडियो बनाए कारबाही गर्छौँ

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । नेपाल प्रहरीले राइड सेयरिङ चालकहरूलाई यात्रुसँगको व्यक्तिगत कुराकानी वा गतिविधि भिडियोमा कैद गरी सामाजिक सञ्जालमा पोस्ट नगर्न कडा निर्देशन दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सेवाग्राहीको गोपनीयता उल्लङ्घनसम्बन्धी गुनासो बढ्दै गएपछि यस्तो चेतावनी जारी गरेको हो ।

परिसरका अनुसार पछिल्लो समय केही चालकहरूले ‘भ्लग’ बनाउने नाममा यात्रुसँगको संवाद र व्यवहार भिडियोमा कैद गरी सामाजिक सञ्जालमा राख्ने क्रम बढेको पाइएको छ। यस्तो कार्यले व्यक्तिको गोपनीयता अधिकारमाथि गम्भीर असर पार्ने बताइएको छ।

प्रहरीले यस्ता भिडियोहरू तुरुन्त हटाउन आग्रह गर्दै आगामी दिनमा यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट चेतावनी दिएको छ।

हाल सामाजिक सञ्जालमा यात्रुलाई गाली गर्ने, अश्लील शब्द प्रयोग गर्ने तथा निजी क्षणहरू सार्वजनिक गर्ने भिडियो र तस्बिरहरू बढ्दै गएको भन्दै प्रहरीले यसलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077