Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले जहाज कब्जामा लिएपछि इरानले दियो बदला लिने चेतावनी

अमेरिकाले जहाज कब्जामा लिएपछि इरानले दियो बदला लिने चेतावनी

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्रमा जारी नौसैनिक घेराबन्दी अन्तर्गत अमेरिकाले इरानी झण्डावाहक एक मालबाहक जहाजलाई नियन्त्रणमा लिएको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल एक्स्मार्फत एक पोस्ट् लेख्दै टुस्का नामक उक्त जहाजलाई रोकिन दिइएको चेतावनी बेवास्ता गरेपछि अमेरिकी नौसेनाले नियन्त्रणमा लिएको जानकारी दिए। 

यता, इरानले भने यसलाई युद्धविरामको उल्लंघन भन्दै यो ‘सशस्त्र समुद्री डकैती’ को बदला छिट्टै लिने चेतावनी दिएको छ। 

ट्रम्पका अनुसार झण्डै ९०० फिट लामो यो जहाजले घेराबन्दी तोड्न खोजेपछि अमेरिकी नौसेनाले यसको इन्जिन कक्षमा प्वाल पारेर जहाजलाई रोकेको थियो। हाल यो जहाज अमेरिकी नियन्त्रणमा रहेको र त्यसमा के छ भन्नेबारे जाँच भइरहेको बताइएको छ।

अन्तराष्ट्रिय समाचार माध्यमहरुका अनुसार, यो घटनाका इरानसँगको युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्ता गर्न ह्वाइट हाउसले उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा पाकिस्तानमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको बेला भएको हो । जसका कारण इरानले अमेरिकी घेराबन्दी कायम रहेसम्म वार्तामा सहभागी नहुने संकेत गरेको छ।

यी दुई शक्तिशाली देशबीचको द्धन्द्ध फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलको आक्रमणबाट सुरु भएको थियो। पाँच हप्ताको युद्धपछि दुई हप्ताको युद्धविराम घोषणा गरिएको थियो, जुन आउँदो बुधबार समाप्त हुँदैछ।

ओमानको खाडी र होर्मुज स्ट्रेट क्षेत्रमा जारी यो तनावका कारण विश्वको २० प्रतिशत तेल र ग्यास ढुवानी प्रभावित भएको छ, जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्य आकाशिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077