Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री गुरुङलाई राजीनामा दिन रास्वपाभित्रै दबाब, राति नै पार्टी सभापति भेट्न पुगे

गृहमन्त्री गुरुङलाई राजीनामा दिन रास्वपाभित्रै दबाब, राति नै पार्टी सभापति भेट्न पुगे

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै राजीनामा दिनका लागि दबाब बढेपछि गृहमन्त्री सुधन गुरुङ अप्ठेरोमा परेका छन् । 

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी गरेको भेटिएपछि गृहमन्त्री गुरुङमाथि राजीनामा दिन दबाब बढेको हो । 

भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएको थियोे । 

अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा दिनुपर्ने चौतर्फी माग उठ्न थालेको छ ।

यसअघि जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरिसकेको छ । साथै जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री गुरुङमाथि लागेका आरोपहरूमा निष्पक्ष छानबिन हुनु पर्ने माग पनि अघि सारेको छ ।

यसैबीच आफूमाथि पार्टीको सम्भावित ‘एक्सन’ लाई लिएर गृहमन्त्री गुरुङ आइतबार राति नै रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उनकै निवास बुढानीलकण्ठ गएका थिए । 

राती झन्डै २ घण्टा बुढानीलकण्ठमा बसेका गृहमन्त्री गुरुङलाई सभापति लामिछानेले लामिछानेले सोमबार पनि पार्टीको बैठक बस्ने र आफ्नो कुरा बैठकमै राख्न सकिने जवाफ दिएको स्रोत बताउँछ ।

सरकार र पार्टीनीतिविपरीत काम गरेको भन्दै रास्वपाले यसअघि नै श्रममन्त्री दीपक साहलाई पदमुक्त गरिसकेकाले गृहमन्त्री गुरुङ सभापति लामिछानेलाई भेट्न गएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077