Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एम्बुलेन्सको ठक्करबाट योग गर्न हिंडेका हजुरबुबा र नातिको मृत्यु, हजुरआमासहित दुई घाइते

एम्बुलेन्सको ठक्करबाट योग गर्न हिंडेका हजुरबुबा र नातिको मृत्यु, हजुरआमासहित दुई घाइते

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक चार जना पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका अन्दाजी ७ वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता र अर्का ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते छन् । घाइते दुवै जनालाई नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ । 

बिहान योग गर्न जाँदै गरेका उनीहरुलाई तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जनाएको छ । मृतक लामिछाने योग गुरु भएको स्थानीयले बताएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077