Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्व मन्त्रीको गाडी एम्बुलेन्समा ठोक्कियो, १० जना घाइते

दाङ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी र एम्बुलेन्स ठोक्किएको छ । दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएका छन् । बस्नेतको टाउकोमा चोट लागेको छ ।

सल्यानबाट दाङतर्फ आउँदै गरेको बस्नेत सवार बा८च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग ठोक्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर उपमहानगर ३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किएको हो।

घाइते बस्नेतको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077