Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

होर्मुज स्ट्रेट बन्द गर्ने अमेरिकालाई इरानको चेतावनी

होर्मुज स्ट्रेट बन्द गर्ने अमेरिकालाई इरानको चेतावनी

आइतवार , बैशाख ६, २०८३

एजेन्सी । इरानले होर्मुज स्ट्रेटमा अमेरिकाले लगाएको नाकाबन्दी नहटाए उक्त समुद्री मार्ग नै बन्द गराइने चेतावनी दिएको छ।

यस अभिव्यक्तिले मध्यपूर्वमा तनाव थप चुलिएको संकेत गरेको छ।

इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ ले सरकारी टेलिभिजनमार्फत् बोल्दै बन्दरगाहमा लगाइएको नाकाबन्दीलाई ‘गलत’ र ‘अविवेकी’ निर्णयको संज्ञा दिए।

उनले स्पष्ट रूपमा भने,'यदि नाकाबन्दी हटाइएन भने होर्मुज स्ट्रेटमा आवतजावत नै बन्द गराइनेछ।'

भिडिओ सन्देशमार्फत गालिबाफले उक्त जलमार्ग इरानको नियन्त्रणमा रहेको दाबी गर्दै अमेरिकाले त्यहाँ खानी हटाउने प्रयास गरेपछि इरानले कडा आपत्ति जनाएको बताए।

उनले यस कदमलाई युद्धविरामको उल्लंघन मानिएको उल्लेख गर्दै आवश्यक परे प्रतिउत्तरमा आक्रमण गर्नेसम्मको चेतावनी दिएका छन्।

हालै इस्लामाबादमा अमेरिकासँग भएको वार्तामा पनि गालिबाफले इरानको प्रतिनिधित्व गरेका थिए। तर वार्तापछि पनि दुबै देशबीचको अविश्वास घट्नुको सट्टा थप बढेको देखिन्छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077