Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुर्घटनामा ज्यान गुमाएका इन्स्पेक्टर लामाको अन्त्येष्टि, गृहमन्त्री गुरुङले बोके शव

दुर्घटनामा ज्यान गुमाएका इन्स्पेक्टर लामाको अन्त्येष्टि, गृहमन्त्री गुरुङले बोके शव

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिकामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक अभय लामाको अन्त्येष्टि गरिएको छ ।

गत आइतबार राति तारकेश्वर नगरपालिका–८ डाँडागाउँस्थित सडकमा ३२ वर्षीय लामा सवार बाप्र०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । 

ट्रकको ठक्करबाट घाइते भएका लामालाई  उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि बीएण्डबी अस्पताल रिफर गरिएको थियो । 

उपचारका क्रममा लामाको ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मंगलवार निधन भएको थियो ।

रामेछाप घर भएका हाल तारकेश्वर–७ स्थित फुटुङ बस्दै आएका प्रहरी निरीक्षक लामा त्यो दिन नेपालटारबाट फुटुङतर्फ जाँदै थिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार लामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत थिए । 

जापानमा रहेकी उनकी पत्नी र परिवारका सदस्य आउन ढिला भएपछि शुक्रबार उनको दाहसंस्कार गरिएको हो । 

स्वयम्भूमा आयोजित दाहसंस्कार कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका थिए । कार्यक्रममा पुगेर उनले लामाको शवसमेत बोकेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077