Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टिपरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

टिपरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

सोमवार , फाल्गुण ११, २०८२

धनुषा । धनुषामा भएको सवारी दुर्घटनामा एकजना ट्राफिक प्रहरी हवल्दारको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा सोमबार भएको दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो ।

महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिइन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाहीका अनुसार भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।

गम्भीर घाइते महतोको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।

दुर्घटनामा संलग्न टिपर चालक, टिपर तथा मोटरसाइकललाई ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077