काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ ।
डोटीबाट निर्वाचित सांसद खड्कालाई लेखासमितिको सभापतिको उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसले जनाएको छ ।
आज संसदीय समितिका सभापतिहरूको मनोनयन तालिका छ । त्यसअघि दलहरूले सभापतिको उम्मेदवार चयन गरिरहेका छन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो ।
सत्तारुढ दल रास्वपाले लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेकाले खड्का सभापतिमा निर्वाचित हुने सम्भावना प्रबल छ ।
२७५ सदस्यीय प्रतिनिधि सभा र सार्वजनिक लेखा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत छ।