Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

बुधवार , बैशाख २, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ ।

खड्काको तर्फबाट श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो ।

न्यायाधीशद्वय श्रेष्ठ र थापाको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनुसन्धानको फाइल समेत बुझाउन आदेश दिएको छ। 

'म्याद थपका लागि राजस्व अनुसन्धान विभागले गरेको अनुरोध र अदालतले म्याद दिँदाका सम्पूर्ण कागजातसहितको मिसिल तथा ललितपुर अदालतबाट म्याद थप हुँदा थप पर्चा खडा गरिएको भए सो पर्चा समेत संलग्न गरी २०८३ वैसाख ३ गते १२ बजेभित्रमा प्राप्त हुने गरी राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट निज निवेदकलाई थुनामा राख्नुको कारणसहितको लिखित जवाफ समेत झिकाइ प्रस्तुत रिट निवेदन २०८३ वैसाख ३ गतेका लागि नियमानुसार पेशी तोक्नू,' सर्वोच्चको आदेशमा भनिएको छ। 

खड्का सम्पत्ति शुद्धीकरणको कसुरमा सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरे पनि उसले अनुसन्धान गरेर प्रतिवेदनसहित आन्तरिक राजस्व अनुसन्धान विभागमा पठाएको थियो। आन्तरिक राजस्व अनुसन्धान विभागले फेरि त्यो फाइल राजस्व अनुसन्धान विभागमा पठाएको छ। 

भदौ २४ गते उनको निवासमा भएको आगजनी घटनापछि गरिएको अनुसन्धानका क्रममा नेपाली रुपैयाँसहित विभिन्न विदेशी मुद्रा फेला परेका थिए ।

नेपाली कांग्रेसका नेता समेत रहेका खड्कालाई गत चैत्र १५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले धुम्बाराहीबाट नियन्त्रणमा लिएको थियो ।

जिल्ला अदालत काठमाडौंले खड्कामाथि अनुसन्धान गर्न तेस्रो पटक म्याद थपपछि खड्का हाल  सीआईबीकै हिरासतमा छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077