Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक खड्कामाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप, ओली र लेखकको पनि तेस्रोपटक म्याद थप गरिँदै

दीपक खड्कामाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप, ओली र लेखकको पनि तेस्रोपटक म्याद थप गरिँदै

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दिपक खड्कामाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको छ ।

उनलाई यसअघि नै म्याद थप भइ अनुसन्धान भइरहेकोमा जिल्ला अदालत काठमाडौंका न्यायाधिश जगत पौडेलको इजलासले आज पुनः म्याद थप गरेको हो ।

सम्पत्ति शुद्धीकरण विभागको सिफारिसका आधारमा प्रहरीले खड्कालाई चैत १५ गते आइतबार पक्राउ गरेको थियो ।

यसैगरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको तेस्रोपटक म्याद थपका लागि अदालतमा सुनुवाइ भइरहेको छ ।

लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ भने टिचिङ अस्पतालमा उपचाररत् ओलीलाई भने भर्चुअल विधिबाट उपस्थित गराइएको छ । 

 जेनजी आन्दोलनमा दमनको आरोपमा गत शनिबार बिहान पक्राउ परेका दुवैजनालाई हिरासतमा राखेर अनुसन्धानका लागि यसअघि ५ र २ दिन गरी ७ दिन म्याद थप गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077