Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरान वार्तामा फर्कियोस् वा नफर्कियोस्, अमेरिकालाई असर पार्दैन : डोनाल्ड ट्रम्प

इरान वार्तामा फर्कियोस् वा नफर्कियोस्, अमेरिकालाई असर पार्दैन : डोनाल्ड ट्रम्प

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता अनिश्चित बनेका बेला कडा अभिव्यक्ति दिँदै इरान वार्तामा नफर्किए पनि आफूलाई कुनै फरक नपर्ने बताएका छन् ।

जोइन्ट बेस एन्ड्रयूज नजिक पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,'इरान वार्तामा फर्कियोस् वा नफर्कियोस्, त्यसले अमेरिकालाई कुनै असर पार्दैन।'

यसैबीच, अमेरिकी पक्षले इरानमाथि थप दबाब सिर्जना गर्ने संकेत दिँदै सोमबारदेखि इरानी बन्दरगाहहरूमा कडा निगरानी र नियन्त्रण बढाउने तयारी गरेको जनाएको छ।

ट्रम्पले विशेषगरी विश्वकै महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्यमा कडा कदम चाल्ने स्पष्ट पारेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077