Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पले इरानलाई दिए नयाँ धम्की

ट्रम्पले इरानलाई दिए नयाँ धम्की

सोमवार , चैत्र ३०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव चर्किँदै जाँदा विश्वकै महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज सम्बन्धी कडा चेतावनी दिएका छन्।

इस्लामाबादमा भएको लामो २१ घण्टे वार्ताबाट कुनै ठोस नतिजा ननिस्किएपछि ट्रम्पले इरानमाथि सीधा दबाब बढाउँदै होर्मुजमा आवतजावतमा कठोर कदम चाल्ने संकेत दिएका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’ मार्फत लेख्दै भने, 'यदि इरानले निसर्त अवरोध हटाएन भने स्ट्रेट अफ होर्मुज मा अमेरिका आफैंले कडा नियन्त्रण लागू गर्नेछ। आवश्यक परे यो मार्ग सदाका लागि बन्द गर्नेसम्मको प्रक्रिया अघि बढाइनेछ।'

उनले थप चेतावनी दिँदै भने, 'या त सबै जहाजहरू स्वतन्त्र रूपमा पार हुन पाउनुपर्छ, या त कसैले पनि पाउनु हुँदैन। यदि अवरोध जारी रह्यो भने अमेरिकाले कुनै पनि जहाजलाई त्यहाँबाट पार हुन दिने छैन।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077