Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दक्षिणी लेबनानमा इजरायली आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

दक्षिणी लेबनानमा इजरायली आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

शनिवार , चैत्र २८, २०८२

एजेन्सी । दक्षिणी लेबनानको नबातियेह सहरमा भएको इजरायली आक्रमणमा १३ जना सरकारी सुरक्षाकर्मीको ज्यान गएको छ।

घटनापछि जोसेफ आउनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत कडा प्रतिक्रिया जनाउँदै आक्रमणको तीव्र निन्दा गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार इजरायली सैन्य कारबाहीका क्रममा लेबनानी सुरक्षा निकायका सदस्यहरूले ज्यान गुमाएका हुन्। तर यस घटनाबारे इजरायली रक्षा बल ले हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

यसैबीच, इजरायली सेनाले पनि ‘एक्स’मै जारी गरेको बयानमा दक्षिणी लेबनान क्षेत्रमा विस्फोटक बोकेको ड्रोन खस्दा आफ्ना एक सैनिक गम्भीर घाइते भएको र अर्का एक सामान्य घाइते भएको जनाएको छ।

घाइते सैनिकहरूलाई तत्काल अस्पताल लगिएको र परिवारलाई जानकारी गराइएको सेनाले उल्लेख गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077