Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वीस बैंकमा नेपालीहरूले पैसा राखे/नराखेको अनुसन्धानमा गृहमन्त्रीले मागे राजदूतसँग सहयोग

स्वीस बैंकमा नेपालीहरूले पैसा राखे/नराखेको अनुसन्धानमा गृहमन्त्रीले मागे राजदूतसँग सहयोग

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालीहरूले अवैधरूपमा आर्जन गरेको रकम स्वीस बैंकमा राखिएको विषयमा अनुसन्धानका लागि नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतसँग औपचारिक सहयोग माग गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीसँग भएको भेटवार्तामा गृहमन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन् ।

भेटमा उनले उच्च पदस्थ नेपाली अधिकारी तथा व्यवसायीहरूले भ्रष्टाचार लगायतका गैरकानुनी क्रियाकलापबाट आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरेको भए त्यसको छानबिनमा सहकार्य गर्न प्रस्ताव गरे ।

त्यस्तै, यदि त्यस्तो रकम पुष्टि भएमा नेपाल सरकारको अनुरोधमा फिर्ता ल्याउन आवश्यक पहल गरिदिन पनि उनले राजदूतसमक्ष आग्रह गरेका छन् ।

यसै क्रममा गृहमन्त्री गुरुङले दुई देशबीच आप्रवासन व्यवस्थापनमा पनि सहकार्य बढाउन प्रस्ताव गरेका छन्।

भेटका क्रममा राजदूत मैवलीले नेपालमा जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै स्वीस सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077