Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्षैपिच्छे भर्ना शुल्क लिने विद्यालयहरुलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

वर्षैपिच्छे भर्ना शुल्क लिने विद्यालयहरुलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

शैक्षिक सत्र सुरू हुनुअघि विद्यार्थी भर्ना र नियमविपरीत शुल्क असुल गरे कारबाही

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वर्षैपिच्छे भर्ना शुल्क लिने, शैक्षिक सत्र सुरू हुनु अघि नै विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही गर्न निर्देशन दिएको छ । 

केही विद्यालयहरूले नियमविपरीत भर्ना सुरू गरेको र चर्को शुल्क लिएको गुनासो आएको भन्दै शिक्षा मन्त्रालयलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तह मार्फत विद्यालयहरूको अनुगमन गर्न र नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

कतिपय विद्यालयले शैक्षिक सत्र सुरू नहुँदै विद्यार्थी भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिने र एउटै विद्यालयमा अर्को कक्षामा जाँदा पनि पटक–पटक भर्ना शुल्क लिने गरेको भन्दै त्यसलाई मन्त्रालयले गैरकानूनी भनेको छ ।

मन्त्रालयको पत्रमा भनिएको छ–‘शिक्षा नियमावली २०५९ को परिच्छेद १५ मा शैक्षिक सत्र सुरू नभई विद्यार्थी भर्ना गर्न नपाइने स्पष्ट व्यवस्था छ । प्रचलित कानून र स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिनु गैरकानूनी हो ।’

सर्वोच्च फैसला सम्झाउँदै मन्त्रालयले नियमविपरीत लिइएको अग्रीम शुल्क तत्काल फिर्ता गराउन भनेको छ । कुनै विद्यालयले अटेरी गरे कारबाही गर्न भनिएको छ ।

आफूले आफूलाई उत्कृष्ठ विद्यालयको भएको दावी गर्ने अधिकांश निजी विद्यालयले एन्युअल फी, मेन्टिनेन्स एण्ड सेफ्टी फी, एक्ट्रा एक्टीभिटी, स्पेसल ट्रेनिङ, फिल्ड ट्रिप, डिपोजिटलगायत शीर्षकमा लाखौं रकम असुल्दै आएका छन् । 

sikshaya.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077