Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समान कुसी : समानता कि ‘स्टन्ट’ ?

समान कुसी : समानता कि ‘स्टन्ट’ ?

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । प्रतिनिधिसभा हलमा सभामुख र सांसदहरूलाई समान कुर्सी व्यवस्था गरिएको छ ।

विगतमा सभामुखलाई विशेष किसिमको कुर्सी थियो । यसपटक पनि सभामुखको निर्वाचन हुनु अगाडि सभामुख र सांसद्का लागि फरक–फरक किसिमका कुर्सी राखिएका थिए ।

तर, सभामुखमा डोलप्रसाद (डीपी) अर्याल आएसँगै सभामुख र सांसदहरूलाई समान कुर्सीको व्यवस्था गरिएको हो ।

संघीय संसद् सचिवालयका अनुसार सभामुखले समान कुर्सीको व्यवस्थाका लागि आग्रह गरेकाले कलर मात्रै फरक गरेर सभामुख र सांसदहरूका लागि समान कुर्सीको व्यवस्था गरिएको हो । 

यद्यपी कुर्सीले समान र असमान निर्धारण गर्दैन । सभामुखको कुर्सी सम्मान हो असमानताको प्रतिक होइन । भूमिका, कर्तव्य, जिम्मेवारी र दायित्व सभामुख र सांसदको  विल्कुल फरक छ र हुन्छ । समानता कर्तव्य र व्यवहारबाट प्रस्तुत गर्न सकिन्छ । समानता त्यो हो–दुबै जननिर्वाचित प्रतिनिधि मात्र हुन् । 

सभामुख पद मात्रै होइन । संविधान र संसदीय अभ्यासका आधारमा यो संस्था पनि हो । सभामुख पद संवैधानिक परिषदको सदस्य र व्यवस्थापिका (संसद) को प्रमुख पनि हो । 

सांसदहरु राजनीतिक दलको सदस्य(स्वतन्त्रबाट विजयी भएका बाहेक) हुन्छन् र उनीहरु संसदीय दलको नेताको निर्देशनमा चलेका हुन्छन् । उनीहरुले पक्ष विपक्षमा मत अभिव्यक्त गर्छन । तर, सभामुख कुनै पनि राजनीतिक दलको सदस्य हुँदैन । उनलाई कुनै दलको ह्विप(निर्देश) पनि लाग्दैन । 

सभामुखले पक्ष वा विपक्षमा कुनै पनि संकेतबाट अभिव्यक्ति दिन मिल्दैन । अब कसरी सभामुख र सांसद समान हुन्छन् ? कुर्सी समान राखेर समानता देखाउनु भन्दा व्यवहारमा समानता देखाउन सक्नुपर्छ ।  जो कोहीले पनि पदलाई सम्मान गर्न सक्नुपर्छ ।

सभामुखका प्रमुख काम, कर्तव्य र अधिकारहरू:

सदन सञ्चालन र नेतृत्व: प्रतिनिधिसभाको बैठक बोलाउने, स्थगन गर्ने, र बैठकको अध्यक्षता गरी कारबाही सुचारु रूपमा सञ्चालन गर्ने।

कार्यसूची र नियमन: सदनमा पेस हुने कार्यसूची (Agenda) तय गर्ने, सांसदहरूलाई बोल्न अनुमति दिने र सदनको अनुशासन कायम राख्ने।

विधेयक र प्रस्ताव व्यवस्थापन: सदनमा दर्ता भएका विधेयक, जरुरी सार्वजनिक महत्वका प्रस्ताव, र ध्यानाकर्षण प्रस्तावहरू जाँच गरी निर्णयका लागि पेस गर्ने।

संवैधानिक परिषद्को सदस्य: विभिन्न संवैधानिक निकायका प्रमुखहरू नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्को सदस्यको रूपमा कार्य गर्ने।

निर्णय र प्रमाणीकरण: सदनबाट पारित विधेयकहरू प्रमाणीकरण गर्ने र संसदीय समितिको बैठक सञ्चालन तथा रेखदेख गर्ने।

संसद् सचिवालयको प्रमुख: व्यवस्थापिका-संसद सचिवालयको काम सुचारु गर्न आवश्यक व्यवस्थापन र निर्देशन दिने। 

अन्य अधिकार:
सदनको विशेषाधिकारको संरक्षण गर्ने।
सदनमा समान मत (Tie) भएमा निर्णायक मत दिने।
सांसदहरूको राजीनामा स्वीकृत गर्ने वा रिक्त स्थानको जानकारी गराउने।

सांसदको प्रमुख काम, कर्तव्य र अधिकारहरू

१. व्यवस्थापकीय/कानूनी कार्य (Legislative Functions):
कानून निर्माण: देशका लागि आवश्यक पर्ने नयाँ ऐन कानुन बनाउनु र पुराना कानूनमा संशोधन वा खारेजीको प्रस्ताव पेश गर्नु।
संविधान संशोधन: आवश्यक परेमा संविधान संशोधन प्रक्रियामा भाग लिनु।
बजेट पारित: सरकारले पेश गरेको वार्षिक बजेट र नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्नु।

२. सरकारको अनुगमन र नियन्त्रण (Oversight Functions):
सरकारलाई जवाफदेही बनाउने: सरकारका काम कारबाहीको अनुगमन, मूल्याङ्कन गरी आवश्यक निर्देशन दिने।
प्रश्न उत्तर र बहस: संसदीय समिति वा सदनमा सरकारका मन्त्रीहरूलाई प्रश्न सोध्ने, नीतिगत बहस गर्ने र कमीकमजोरी औंल्याउने।
संसदीय समितिमा सहभागिता: विषयगत समितिहरूमा बसेर मन्त्रालयहरूको कामको गहिरो अध्ययन र अनुगमन गर्नु।

३. प्रतिनिधित्व र जनसरोकार (Representation Functions):
जनताका आवाज उठाउने: निर्वाचन क्षेत्रका जनताका समस्या, विकासका आवश्यकता र जनचासोका मुद्दाहरू संसदमा जोडदार रूपमा उठाउनु।
नागरिक संवाद: कानून निर्माण र नीति निर्माण प्रक्रियामा नागरिकहरूसँग संवाद गरी उनीहरूको मत संकलन गर्नु। 

४. निर्वाचन र अन्य संवैधानिक अधिकार:
पदाधिकारीको निर्वाचन: राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन प्रक्रियामा भाग लिनु।
संसदीय सुनुवाई: संवैधानिक निकायका प्रमुख वा राजदूतहरूको नियुक्तिको सुनुवाई प्रक्रियामा सहभागी हुनु।
सन्धि सम्झौता: राष्ट्रिय हितका सन्धि सम्झौताहरूको अनुमोदनमा भूमिका निर्वाह गर्नु।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077