काठमाडौं। सोमबार पनि नेप्से ४७.७१ अंकले घटेर राताम्मे बनेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा १.६५ प्रतिशतले घटेको नेप्से २८३१.३९ विन्दुमा खुम्चिएको हो ।
सेयर बजारमा सोमबार ३४१ कम्पनीको एक लाख ५९ हजार ३२८ पटकको कारोबारमा तीन करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँको कारोबार भयो।
अघिल्लो कारोबारको दिन भने १५ अर्ब तीन करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज २६ कम्पनीका सेयर मूल्य मात्र बढे। २३७ कम्पनीका सेयर मूल्य ओरालो लाग्दा पाँच कम्पनीका सेयरमूल्य स्थिर रह्यो। नेप्सेमा सोमबार १३ समूहको कारोबार भएकामा सबै समूह राताम्मे भए।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक १.८६‚ विकास बैंक १.२४‚ फाइनान्स २.००‚ होटेल तथा पर्यटन १.१८‚ जलविद्युत् १.९३ तथा लगानी समूहको उपसूचक १।५९ प्रतिशतले ओरालो लाग्यो।
यसैगरी जीवन बिमा १.४०‚ उत्पादन तथा प्रशोधन ०.२१‚ लघुवित्त समूह १.३०‚ म्युचुअल फन्ड ०.९८‚ निर्जीवन बिमा १.८२‚ अन्य २.१३ र व्यापार समूहको सूचक २.५६ प्रतिशतले घट्यो।
चार कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सकारात्मक सर्किट लाग्नेमा रिलायन्स स्पिनिङ मिल्स‚ भुजुङ हाइड्रोपावर लिमिटेड‚ रिजलाइन इनर्जी लिमिटेड र होटेल फरेस्ट इन लिमिटेड छन्। अर्थात् यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।
यस्तै सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ७.७९ प्रतिशतले घाटा बेहोरे। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रिडीपावर कम्पनी लिमिटेडको ६८ करोड ४१ लाख ३६ हजार ९९७ रुपैयाँको कारोबार भएको छ।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि सबैभन्दा बढी रिडीपावरकै सेयर १७ लाख ७९ हजार ५३९ कित्ता किनबेच भयो। आज यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३७८ रुपैयाँ कायम रह्यो।