Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

७१ अंकमा झर्‍यो सेयर बजार, १५ अर्बको कारोबार

७१ अंकमा झर्‍यो सेयर बजार, १५ अर्बको कारोबार

आइतवार , चैत्र १५, २०८२

काठमाडौं। आइतबार नेप्से ७१.०५ अंकले ओरालो लागेको छ। अघिल्लो कारोबार दिनको तुलनामा २.४० प्रतिशतले घटेको नेप्से २८७९।११ विन्दुमा रोकिएको छ।

बजार घटे पनि कारोबार रकम बढेको छ । गत बिहीबार १३ अर्ब १६ करोडको कारोबार भएकोमा आज १५ अर्ब ३ करोडको भयो ।

सेयर बजारमा आइतबार ३३३ कम्पनीको एक लाख ९६ हजार १५८ पटकको कारोबारमा तीन करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर किनबेच भए। जसअनुसार आइतबार १५ अर्ब तीन करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज १० कम्पनीका सेयर मूल्य मात्र बढे। २५५ कम्पनीका सेयर मूल्य ओरालो लाग्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका सेयर मूल्य मात्र स्थिर रह्यो। नेप्सेमा आइतबार १३ समूहको कारोबार भएकामा सबै समूह राताम्मे भए।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक २.७८‚ विकास बैंक २.८९‚ फाइनान्स ३.३८‚ होटेल तथा पर्यटन २.२५‚ जलविद्युत् २.२१ तथा लगानी समूहको उपसूचक २.८९ प्रतिशतले ओरालो लाग्यो।

यसैगरी जीवन बिमा २.२०‚ उत्पादन तथा प्रशोधन १.०७‚ लघुवित्त समूह २.११‚ म्युचुअल फन्ड ०.२८‚ निर्जीवन बिमा २.२३‚ अन्य २.५२ र व्यापार समूहको सूचक ३.०१ प्रतिशतले घट्यो।

नेप्सेमा आइतबार तीन कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सकारात्मक सर्किट लाग्नेमा रिलायन्स स्पिनिङ मिल्स‚ सुपरखुदी हाइड्रोपावर लिमिटेड र रिजलाइन इनर्जी लिमिटेड छन्। अर्थात् यी तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ६.१७ प्रतिशतले घाटा बेहोरे।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रिडीपावर कम्पनी लिमिटेडको ७१ करोड ११ लाख ७३ हजार ५५६ रुपैयाँको कारोबार भएको छ। त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि सबैभन्दा बढी रिडीपावरकै सेयर १८ लाख ७६ हजार ९२१ कित्ता किनबेच भएको छ। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३७७ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077