काठमाडौं । देशको सुरक्षा अवस्थालाई लिएर चासो बढिरहेका बेला गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ आकस्मिक रूपमा दुवै सुरक्षा निकायका प्रमुखलाई सिंहदरबार बोलाएका छन् ।
गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्यालतत्काल सिंहदरबार पुगेका हुन्।
उनीहरूसँगै नेपाल प्रहरीका कार्य विभाग प्रमुख एआईजी उमाप्रसाद चतुरवेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की तथा सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख गणेश ठाडा मगर समेत उपस्थित छन्।
प्रहरी स्रोतका अनुसार, सबै उच्च अधिकारीहरू हाल गृहमन्त्री गुरुङको कार्यकक्षमा बसेर आन्तरिक सुरक्षा अवस्थाबारे गम्भीर छलफलमा जुटेका छन्।
बैठकको एजेन्डा सार्वजनिक गरिएको छैन, तर पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै यसलाई उच्चस्तरीय रणनीतिक बैठकका रूपमा हेरिएको छ। आज बिहान मात्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो । सोही विरोधमा एमाले सडक आन्दोलनमा होमिएको छ ।