Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन शाहलाई ‘राजा महेन्द्र’ बन्ने सपना नदेख्न नेविसंघका अध्यक्षको चेतावनी

बालेन शाहलाई ‘राजा महेन्द्र’ बन्ने सपना नदेख्न नेविसंघका अध्यक्षको चेतावनी

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले प्रधानमन्त्री बालेन शाहलाई ‘राजा महेन्द्र’ बन्ने सपना नदेख्न चेतावनी दिएका  छन्।

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनलाईयस्तो चेतावनी दिएका हुन्।

'ओलीज्यूले सी जिनपिङ बन्ने सपना देख्दा देशले मूल्य तिर्दै–तिर्दै थाकिसक्यो । आशा बोक्ने काँधहरू भारी भइसके। अब बालेन्द्र शाहज्यू ‘राजा महेन्द्र’ बन्ने सपना नदेख्नुस्। यो देश अब ’महेन्द्र पथको तपाईँको सपनाको भारी बोक्न सक्दैन । भदौ २३ मा र २४ एउटै सिक्काका दुई पाटा हुन् । एउटा पाटो नबिर्सिइयोस् । ओलीको सपनाको मूल्य देशले तिर्नुपर्‍यो बालेनको कथित ’नायकी सपनाले देश अभिसप्त नबनोस् । देश ’महेन्द्र होइन यति बेला बिपी पथ खोजिरहेको छ,' उनले लेखेका छन् ।

उनले एमाले अध्यक्ष समेत रहेको ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ बन्ने सपना देख्दा देशले ठुलो मूल्य चुकाउनु परेको समेत बताएका छन्।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077