जुम्ला । जुम्लामा एक घरमा आगलागी हुँदा एक जना विद्यार्थीको जलेर मृत्यु भएको छ।
जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारमा हिजोराति करिब १ः०० बजेतिर घरमा आगलागी हुँदा कक्षा १० मा अध्यनरत १५ वर्षीय क्षितिज खत्रीको मृत्यु भएको हो ।
सुर्खेत बस्दै आएका उनी एसईई परीक्षा दिनका लागि कुडारीस्थित आफ्नो घरमा आएका थिए।
घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीका अनुसार घरमा आगलागी हुँदा सुतेकै अवस्थामा निसास्सिएर खत्रीको मृत्यु भएको अनुमान छ।
प्रहरीका अनुसार उनका बुबा भारतमा र आमा जिल्ला बाहिर गएको बेला घटना भएको थियो ।
खत्रीको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।