Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्री गुरुङको निर्देशन

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्री गुरुङको निर्देशन

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरूलाई निर्देशन दिएका छन् । 

जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । 

यसअघि मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको र रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गरेका थिए ।

गृह मन्त्रालयमा हिजो पदबहाली गरेपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गरेका थिए।

यस्तै आफू जनतालाई परिणाम दिनेगरी काम गर्न मन्त्रालयको नेतृत्वमा आएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएका थिए ।

आजै मात्रै जेनजी घटनामा जोडिएको आरोपमा ज्यानसम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077