Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण, जिप्रकाको सेवा प्रवाह एकद्वार प्रणालीबाट गर्ने पहिलो निर्णय

गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण, जिप्रकाको सेवा प्रवाह एकद्वार प्रणालीबाट गर्ने पहिलो निर्णय

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले मन्त्रालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा तेस्रो वरीयतासहित गृह प्रशासनको जिम्मेवारी पाएका गुरुङले आजदेखि कार्यभार सम्हालेका हुन् ।

पदभार ग्रहणसँगै गृह प्रशासनसँग सम्बन्धित कार्यहरू नियमित रूपमा अघि बढाउने जिम्मेवारी उनको नेतृत्वमा सुरु भएको छ ।

पदभार ग्रहण गरेलगत्तै गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह एकद्वार प्रणालीबाट गर्ने पहिलो निर्णय गरेका छन् । 

मन्त्रालयमा प्रवेशका क्रममा सचिवसहित उच्च अधिकारी तथा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए ।

भदौ २३ र २४ को जेनजी आन्दोलनबाट एकाएक उदाएका सुदन गोरखा १ बाट निर्वाचित भएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077