Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । प्रहरीले भक्तपुरको कटुञ्जेस्थित निवासबाटै लेखकलाई पक्राउ गरेको हो ।

प्रहरीले उनलाई पक्राउ गर्नुअघि जरुरी पक्राउ पुर्जी थमाएको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठित छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा लेखक पक्राउ परेका हुन् ।

यसैबीच, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पक्राउ परेका छन् ।

ओली र लेखकलाई पक्राउ गर्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने र गृहमन्त्री सुदन गुरुङबीच छलफल भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077