Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१४ अंकले बढ्यो नेप्से, कारोबार १३ अर्ब नाघ्यो

१४ अंकले बढ्यो नेप्से, कारोबार १३ अर्ब नाघ्यो

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । 

आज नेप्से परिसूचक १४ दशमलव २१ अंकले बढेर दुई हजार ९५० दशमलव १६ को विन्दुमा कायम भएको हो ।

बजार बढ्दा पनि कारोबार रकम घटेको छ, अघिल्लो दिन १५ अर्ब ९ करोडको कारोबार भएकोमा आज १३ अर्ब १६ करोडको भयो ।

आज ३४३ कम्पनीको तीन करोड चार लाख ३८ हजार ३१५ कित्ता शेयर एक लाख ४२ हजार ७३४ पटक खरिदबिक्री भएको छ ।

आजको कारोबारमा विकास बैंक शून्य दशमलव शून्य पाँच, जीवन बिमा शून्य दशमलव शून्य चार र व्यापार समूह दुई दशमलव ८४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ शून्य दशमलव ३७, वित्त शून्य दशमलव १७, होटल तथा पर्यटन एक दशमलव ५६, जलविद्युत् एक दशमलव ५६, लगानी शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन एक दशमलव ५०, लघुवित्त शून्य दशमलव २०, निर्जीवन बिमा शून्य दशमलव ४३ र अन्य समूह शून्य दशमलव ६५ प्रतिशतले बढेका छन् ।

आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र होटल फरेन्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ४८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु ९४ करोड २९ लाख ८० हजार ४६ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ८३ हजार ३३१ कित्ता शेयर किनबेच भएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077