Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्कुल ड्रेसमा सपथ खान पुगेका रास्वपा सांसद अन्सारीको आलोचना, स्कुल नै जान सुझाव

स्कुल ड्रेसमा सपथ खान पुगेका रास्वपा सांसद अन्सारीको आलोचना, स्कुल नै जान सुझाव

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं। रास्वपा सांसद रहबर अन्सारी सरकारी स्कुलको पोशाक लगाएर सांसदको सपथ खान गएपछि उनका बारेमा धेरै टिकाटिप्पणी भइरहेको छ । 

उनी निलो सर्ट र पाइन्ट अनि पिठ्यूँमा ब्याग भिरेर संसद भवनभित्र छिर्दा सञ्चारकर्मीले घेरेका थिए ।

प्राय सांसदहरु राष्ट्रिय पोशाकमा आउँदा रहबर भने फरक देखिन खोजेका हुन् । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले ३५ वर्षअघि बुवाले आफूलाई विद्यालय लगेको सम्झिए ।

विद्यालय पोशाक लगाएकोबारे उनले भने–‘३५ वर्षअघि बुवाले मलाई हात समातेर विद्यालय लैजानुभएको थियो । आज मेरो ७४ वर्षको बुवाले मलाई संघीय संसद भवनमा ल्याउनुभएको छ । उहाँको लागि व्यक्तिगत गर्वको विषय होला । तर, यो सम्पूर्ण अभिभावकका लागि मैले सम्मान गर्ने मौका पाएको छु । हाम्रो सफलता र समृद्धि विद्यालयबाट सुरु हुन्छ । आज यो खुशीको माहोलमा सबैभन्दा ठूलो अंशियार बुवा र शिक्षकहरु हुन् भन्ने सन्देश दिन चाहन्छु । मैले बोकेको झोला विद्यार्थीकै झोला हो । ज्ञानको झोला हो ।’

रहबर नेकपाबाट रास्वपा प्रवेश गरेका हुन् । उनले प्रत्यक्ष निर्वाचनमा बारा २ बाट जित हासिल गरेका थिए ।

अरु भन्दा फरक बन्ने शैली यतिबेला उनका लागि भारी बनेको छ । उनको यहि तस्विरका कारण अधिकांश नराम्रा मात्रै टिप्पणीहरु भएका छन् । कतिले चटके भनेका छन् त कतिले भाइरल हुन मन लागेर यो हर्कत गरेको आरोप लगाएका छन् ।

कतिपयले त स्कुल नै गए भै गोनी भनेर पनि कमेन्ट गरेका छन् । नेता हुन यत्तिको नाटक त जान्नै पर्छ भनेर पनि केहीले कमेन्ट गरेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077