Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोनाल्ड ट्रम्प मे महिनामा चीन भ्रमणमा जाँदै

डोनाल्ड ट्रम्प मे महिनामा चीन भ्रमणमा जाँदै

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी 'मे'मा चीनको भ्रमण गर्ने भएका छन् । ह्वाइट हाउसले बुधबार यसको औपचारिक घोषणा गर्दै मे १४ र १५ तारिखमा ट्रम्पले चीनको भ्रमण गर्ने जानकारी गराएको हो ।

यो भ्रमण यसअघि यसै महिनाको अन्त्यका लागि तय गरिएको भए पनि इरानसँगको युद्धका कारण यसलाई स्थगित गरिएको थियो ।

ह्वाइट हाउसका अनुसार, ट्रम्प–सी चिनफिङ भेटवार्ता विश्वव्यापी आर्थिक र सुरक्षा सहयोगका लागि महत्त्वपूर्ण छ र दुवै नेताले चाँडै द्विपक्षीय मुद्दाहरूमा छलफल गर्नेछन् ।

यस्तै अमेरिकी राष्ट्रपति र प्रथम महिला मेलानिया ट्रम्पले यसै वर्षको अन्त्यतिर चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनलाई वासिङ्टन डीसीमा स्वागत समेत गर्नेछन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077