Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५.०१ अंकले बढेको नेप्सेमा पौने १६ अर्बको कारोबार

५.०१ अंकले बढेको नेप्सेमा पौने १६ अर्बको कारोबार

सोमवार , चैत्र ९, २०८२

काठमाडौं। आज दिनभर ओरालो लागेको नेप्से बन्द हुने बेला सम्हालिएर ५.०१ अंकले बढेको छ।  

अघिल्लो कारोबार दिनको तुलनामा ०.१७ प्रतिशतले बढेको नेप्से २९३६.५६ विन्दुमा रोकिएको हो।

नेप्सेमा आज ३४२ कम्पनीको एक लाख ५६ हजार ३८१ पटकको कारोबारमा तीन करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० रुपैयाँको कारोबार भयो।

आइतबार भने २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ रुपैयाँको कारोबार भएको थियो।

१०२ कम्पनीको सेयर मूल्य बढ्यो। १५४ कम्पनीका सेयर मूल्य ओरालो लाग्दा आठ कम्पनीका सेयर मूल्य स्थिर रहे।  १३ समूहको कारोबार भएकामा सात समूहको सूचक बढ्यो भने ६ कम्पनीका उपसूचक ओरालो लागे।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.२७ र विकास बैंक समूहको सूचक ०.५० प्रतिशतले ओरालो लाग्दा फाइनान्स समूहको सूचक ०.२० प्रतिशतले बढ्यो। यस्तै होटेल तथा पर्यटन ०.८६ प्रतिशतले घट्दा जलविद्युत् ०.९६ तथा लगानी समूहको उपसूचक ०.७२ प्रतिशतले बढ्यो।

यसैगरी जीवन बिमा समूहको सूचक ०.४८ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन १.५३‚ लघुवित्त ०.४३ र म्युचुअल फन्ड समूहको सूचक ०.८८ प्रतिशतले बढ्यो।

निर्जीवन बिमा समूहको सूचक ०.०४ प्रतिशतले घट्दा अन्य समूहको सूचक ०.०१ प्रतिशतले बढेको छ। व्यापार समूहको सूचक भने ०.५९ प्रतिशतले घट्यो।

चार कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सकारात्मक सर्किट लाग्नेमा साल्पा विकास बैंक‚ रिलायन्स स्पिनिङ मिल्स‚ सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेड छन्। अर्थात् यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै सनराइज फर्स्ट म्युचुअल फन्डका लगानीकर्ताले भने ३।७१ प्रतिशतले घाटा बेहोरे।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको ६७ करोड २३ लाख ७८ हजार १५६ रुपैयाँको कारोबार भएको छ। 

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि सबैभन्दा बढी कुमारी बैंकको सेयर २७ लाख ६८ हजार १०९ कित्ता किनबेच भएको छ। सोमबार यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २४६ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077