Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

७ वटा अपराधमा संलग्न क्यासिनो लुटपाटका नाइके दुई दिनमै कसरी छुटे ?

७ वटा अपराधमा संलग्न क्यासिनो लुटपाटका नाइके दुई दिनमै कसरी छुटे ?

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर बौद्धको प्राइड क्यासिनोमा लुटपाट गर्ने गिरोहका दुई नाइके दुई दिनमै छुटेका छन् । कुले भन्ने कुलध्वज लामा र कोरियन भने राकेश लामा धरौटीमा छुटेका हुन् ।

जिल्ला अदालत काठमाडौँको आदेशले उनीहरू ४–४ लाख रुपैयाँ धरौटीमा छुटेका हुन्। लुटपाट गिरोहका मुख्य नाइके नै यसरी सामान्य धरौटीमा छुटेपछि यसमा प्रहरी सेटिङको आशंका गरिएको छ ।

पक्राउ परेका दुवै जना विगतदेखि नै आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन्। गत चैत्र  १ गते जिल्ला प्रहरी परिसर, काठमाडौंले जारी गरेको बिज्ञप्तिमा कुलध्वज विगतमा ५ वटा अपराधमा तथा कोरियन ७ वटा अपराधमा संलग्न रहेको भनेर समेत उल्लेख गरिएको थियो ।

गुन्डागर्दीमा समेत संल ७ वटा अपराधमा संलग्न उनीहरु डकैतीमा संलग्न गिरोहका नाइकेमाथि प्रहरीले थप कसुरमा पनि अनुसन्धान गर्ने अपेक्षा गरिएको थियो ।

यो घटनाका आरोपीतको सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गर्ने बताइएको थियो। तर, प्रहरीले त्यसतर्फ अनुसन्धानमा थप चासो दिएको छैन । पक्राउ गरेर सिधैं उनीहरुलाई अदालतमा बुझाइएको थियो। 

प्रहरीको अनुसन्धान अुनसार सो गिरोहले करिब १४ करोड रुपैयाँ लुटपाट गरेको थियो। त्यसमध्ये ५५–५५ लाख बाँडचुड गरेको समेत पुष्टि भइसकेको छ ।

यती गम्भीर अपराधका व्यक्तिहरु सामान्य धरौटीमै छुटेपछि फेरि पनि उनीहरुले यस्तै अपराध गराउने जोखिम बढेको छ।  

सो घटनामा संलग्न केही प्रतिवादी भने अझै फरार छन् । संजय लामा, अनिल लामा, सुमन घिमिरे, मिलन लामा लगायतलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

उनीहरुमध्ये केही सामान पुगिसकेका छन्। सो प्रकरणमा पक्राउ परेका १० जना भने यसअघि जेल चलान भइसकेका छन्।

प्रतिवादीहरू दावा शेर्पा ‘सेठ्ठी’, रञ्जित खड्गी ‘रने’ र दोर्जे शेर्पासहितलाई गत ५ फागुनमा अदालतले जेल चलानको आदेश दिएको थियो।

घटनामा संलग्न शुक्रराज घिसिङ, मनोहरी पौडेल, करण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङ समेत जेल चलान हुँदा हाल पक्राउ परेका दुई नाइके भने धरौटीमा छुट्न सफल भएका हुन्।

उनीहरूले अपराधिक गतिविधिबाट पक्राउ गरेको सम्पत्ति पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालयका डीएसपी राजन लामा तथा काठमाडौँ परिसरका इन्स्पेक्टर वाङ्गेल लामाहरुसँग काभ्रेली समूहको उठबस रहेका कारणले पनि कुले जस्ता लुटेरा गिरोहका नाइकेले उन्मुक्ति पाएका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077