काठमाडौं। आज नेप्से १३.५१ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.४८ प्रतिशतले बढेको नेप्से २८१२.३४ विन्दुमा रोकिएको छ।
नेप्सेमा आज ३४० कम्पनीको एक लाख ६ हजार १४० पटकको कारोबारमा तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर किनबेच भए। जसअनुसार १२ अर्ब तीन करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँको कारोबार भयो। सोमबार ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज १३२ कम्पनीको सेयर मूल्य बढ्यो। ११३ कम्पनीका सेयर मूल्य ओरालो लाग्दा १७ कम्पनीका सेयर मूल्य स्थिर रहे। १३ समूहको कारोबार भएकामा ६ समूहका उपसूचक बढे। बाँकी सात समूहका उपसूचक भने घटे।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.४८ र विकास बैंक ०.६४ प्रतिशतले बढ्यो। फाइनान्स ०.१९ र होटेल तथा पर्यटन ०.१७ प्रतिशतले घटे। यसैगरी जलविद्युत् १.५९ र लगानी समूह ०.६१ प्रतिशतले बढ्यो। जीवन बिमा समूहको उपसूचक ०.३१ प्रतिशतले ओरालो लाग्दा उत्पादन तथा प्रशोधन समूह भने ०.२९ प्रतिशतले उकालो लाग्यो।
यसैगरी लघुवित्त समूह ०.२६ प्रतिशतले घट्दा म्युचुअल फन्ड भने ०.३६ प्रतिशतले बढ्यो। निर्जीवन बिमा ०.०३‚ अन्य ०.१० र व्यापार समूहको सूचक ०.२१ प्रतिशतले घट्यो।
रिलायन्स स्पिनिङ मिल्स र सोलु हाड्रोपावर लिमिटेडका सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबारका आधारमा आज सबैभन्दा बढी रिडीपावर कम्पनी लिमिटेडको ५६ करोड ३७ लाख ६१ हजार ७२५ रुपैयाँको कारोबार भयो। त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर १९ लाख २३ हजार ७४ कित्ता किनबेच भए। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २३८ रुपैयाँ कायम रह्यो।