Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हावाहुरीले रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, ६ जना घाइते

हावाहुरीले रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, ६ जना घाइते

मंगलवार , चैत्र ३, २०८२

उदयपुर । उदयपुरमा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको कटारी नगरपालिका–५ र ८ मा सोमबार साँझ आएको हुरीबाट दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कटारी–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङ र कटारी–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।

तामाङको कुटमेरो रुखको हाँगाले लागेर र चौधरीको सखुवाको रुख ढलेर लाग्दा   मृत्यु भएको हो। 

सोमबार साँझ आएको हुरीकै कारण ६ जना घाइते पनि भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा कटारी–८ की स्थानीय २० वर्षीय कमलाकुमारी पुलामीमगर, कटारी–५ का मृतक चौधरीका नातिनी पाँच वर्षीय बिनिशा, सोही वडाका २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीय अस्मिता परियार रहेका छन् ।

घाइतेमध्ये दुई जनालाई विराटनगरस्थित नोबेल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।

अन्य चार जनाको सोमबार साँझ नै कटारी अस्पतालमा सामान्य उपचारपछि ‘डिस्चार्ज’ गरिएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको छ ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077