काठमाडौं। काठमाडौं उपत्यकामा भयानक हुरी बतास आएको छ ।
बेलुका ९ बजेर १० मिनेट देखि शुरु भएको हुरी बतास ११ बजेसम्म पनि जारी छ । हुरी बतास आएपछि सर्वसाधरण त्रसित बनेका छन् ।
हुरी बतासका कारण हवाइ उडान प्रभावित बनेको छ ।
राति ९ देखि १० बजेको बीचमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा जहाज अवतरणका साथै उड्न सकेका छैनन । मलेसियाबाट आएको हिमालयन एयरलाइन्सको विमान आकाशमै लामो समय होल्ड हुन पुगेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रि–मनसुन अवधिका क्रममै अहिले हावाहुरी चलेको हो ।वर्षा भएपछि यो विस्तारै घट्दै जाने वताइएको छ।
विभागले हावाहुरीका कारण दुर्घटना निम्तिन सक्ने भन्दै सर्वसाधारणलाई बाहिर ननिस्कन सचेत गराएको छ ।