Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज फागुन २९ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आज फागुन २९ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल ।

मेष

परिवारको सहयोगले मानसिक शान्तिको प्राप्ति हुनेछ। धर्म कर्म वा आध्यात्मिक कार्यहरूमा मन आकर्षित हुनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन

सम्बन्ध र साझेदारी व्यापारमा सन्तुलन बनाएर राख्ने प्रयास गर्नुहोस्। मधुर संवादबाट पारिवारिक सम्बन्धलाई सुधार्न सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। निर्णय लिने क्षमतामा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। अरुमाथि धेरै अपेक्षा र आशा राख्नाले दुःख पाइनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

तुला

भविष्यको लागि धन सञ्चय गर्ने समय रहेको छ। आफन्तहरुको व्यवहारले भावनात्मक दुरीको अनुभूति हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। शत्रुहरू सक्रिय रहनेछन् सावधान रहनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

धनु

समय उत्साहपूर्ण र मनोरञ्जनात्मक रहनेछ। समाजमा मानसम्मान बढ्नेछ। वैवाहिक जीवन र प्रेम सम्बन्ध सुमधुर रहनेछ। नयाँ योजनाहरूले सकारात्मक परिणाम दिनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

परिवारको साथले थप उत्साह जाग्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। अधिकारी वर्गहरुबाट सहयोग पाइनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

बृष

परिश्रमको राम्रो प्रतिफल प्राप्त नहोला। परिस्थितिले हाथमा लिएको कार्य समयमा सम्पादन गर्न नसकिएला। आजको दिन केही चुनौतीपूर्ण रहनेछ सावधान भएर बिताउनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कर्कट

स्वास्थ्य र कार्यक्षेत्रमा सावधानी राख्नुहोस्। कुनै गोपनीय कुरा वा पुरानो मुद्दा मामलाहरूले मन अशान्त रहनेछ। अरुको झगडामा नपर्नुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

भविष्यको लागि धन सञ्चय गर्ने समय रहेको छ। आफन्तहरुको व्यवहारले भावनात्मक दुरीको अनुभूति हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। शत्रुहरू सक्रिय रहनेछन् सावधान रहनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

संचार क्षेत्र र अध्ययन आदिको लागि समय अनुकूल रहेको छ। पारिवारिक जिम्मेवारी बढ्नेछ। आर्थिक पक्ष तलमाथि हुन सक्छ धैर्य बनाएर राख्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मकर

रोजगारिको लागि संघर्ष वा भागदौड धेरै गर्नुपर्ला। स्वास्थ्यलाई लिएर खानपिनमा सावधानी अपनाउनुहोस्। परीक्षा वा प्रतिस्पर्धा आदिमा अनुकूल परिणाम प्राप्त नहोला। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन

प्रतिस्पर्धा आदिमा विजयी हुने योग छ। भौतिक सुख साधन जुटाउने समय रहेको छ। चुनौतीहरूलाई पन्छ्याउँदै नयाँ कार्यको जग बसाउने समय रहेको छ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077