Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज फागुन २८ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

आज फागुन २८ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । आज २०८२ साल फागुन २८ गते बिहिबारको राशिफल ।

मेष

व्यापार व्यवसायमा भावनामा आएर निर्णय नलिनुहोला। अड्केको कार्यमा सहयोगीहरूले साथ दिनेछन्। आत्मबल र पराक्रममा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन

प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। सोचेका कार्य पूरा हुनेछन्। लगनशीलताले कार्यहरू अगाडि बढ्नेछन्। पुराना समस्याहरू सुल्झाउन सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह

कार्यक्षेत्रमा अतिरिक्त कामको जिम्मेवारी बढ्नेछ। आफन्त र जीवनसाथीसँग मनमुटावको सम्भावना रहेको छ सावधान रहनुहोस्। आर्थिक कार्यमा गरेको प्रयास सफल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

तुला

योजनाहरु सफल रहने छन्। लामो समयदेखि रोकिएको पैसा आकस्मिक मिल्न सक्छ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ। व्यापार व्यवसायमा थोरै श्रमले पनि राम्रो लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

धनु

धार्मिक क्षेत्रमा धन खर्चको सम्भावना रहेको छ। आफन्तहरूबाट सोचेजस्तो सहयोग न मिल्नाले मन अप्रसन्न रहनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ

वैदेशिक क्षेत्रबाट शुभ सूचना मिल्नेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। छरछिमेकीहरूसँग को मनमुटाव सुल्झिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

बृष

नजिकको सम्बन्धमा सुधार आउनेछ। साथीभाइ र सामूहिक कार्यबाट लाभ प्राप्त हुनेछ। विद्यार्थीहरूले भविष्यलाई लिएर आफ्नो दृष्टिकोण स्पष्ट राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

राजनीतिक क्षेत्रमा जनताको समर्थन पाइनेछ। व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। सवारी साधनबाट यात्रा गर्दा सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कन्या

कार्यक्षेत्रमा हजुरको इच्छाको पूर्ति हुनेछ। नयाँ नोकरीमा सफलता पाइनेछ। व्यापारीहरूलाई व्यापारबाट लाभ मिल्नेछ।माननीयजनहरुको सहयोग मिल्ने छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

नोकरी वा पेशामा हत्तारमा निर्णय नलिनुहोला। कार्यक्षेत्रमा आयस्रोत बढ्नेछ। साझेदारी व्यापारमा पारदर्शिता राख्नुहोस्। विद्यार्थी वर्गहरूलाई अध्ययनमा शिक्षकको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मकर

समाजमा मान प्रतिष्ठा बढ्नेछ। पहिला गरेको कार्यको राम्रो प्रतिफल मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। व्यापारमा लाभका साथै नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

मीन

पुराना कार्यहरू सम्पादन गर्ने समय रहेको छ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। नोकरी वा पेशामा वरिष्ठ अधिकारीको सहयोग मिल्नेछ। व्यापार क्षेत्रमा थप लगानी लगाउने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077