एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी रूपमा बढिरहेको तेलको मूल्य कम गर्न तेलसँग सम्बन्धित केही निश्चित प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेका छन् ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता तेलको मूल्यमा भारी वृद्धि भएसँगै उपभोक्ताले इन्धनका लागि बढी शुल्क तिर्नुपरेको छ ।
यद्यपि, ट्रम्पले कुन–कुन प्रतिबन्धहरू हटाइनेछन् भन्नेबारे स्पष्ट खुलाएका छैनन् ।
उनले भने, “हामीले केही देशहरूमाथि प्रतिबन्ध लगाएका छौँ । यो स्थिति नसुध्रिएसम्म हामी ती प्रतिबन्ध हटाउनेछौँ ।”
इरान र रुस विश्वकै सबैभन्दा धेरै प्रतिबन्ध झेलिरहेका देशहरू हुन् ।