काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रूपैयाँ जरिवाना तोकेको छ ।
आयोगले सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त), दफा २५ को उपदफा (१) को खण्ड ख, च र छ उल्लंघन गरेको भन्दै जरिवाना तोकेको हो ।
तोकिएको जरिवाना १५ दिनभित्र दाखिला गर्न पनि आयोगले भनेको छ ।
यसअघि निर्वाचन आयोग र प्रेस काउन्सिलले स्पष्टीकरण समेत सोधेको थियो।