Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनले सबैभन्दा पहिले निर्वाचन आयोगमा बुझाए चुनावी खर्च विवरण, कति खर्चिए ?

बालेनले सबैभन्दा पहिले निर्वाचन आयोगमा बुझाए चुनावी खर्च विवरण, कति खर्चिए ?

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह 'बालेन' ले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।

उनले निर्वाचन भएको ४ दिन मै सबैभन्दा पहिले झापा- ५ क्षेत्रको प्रतिनिधि सभा निर्वाचनमा कति रकम खर्च भएको जानकारी आयोगमा पेश गरेका हुन्। 

विवरणअनुसार बालेनले उक्त चुनावमा कुल १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार उम्मेदवारहरूले निर्वाचन सकिएपछि आफूले गरेको सम्पूर्ण खर्चको विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

2.png

फागुन २१ मा सम्पन्न निर्वाचनमा बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।

बालेनले ६८ हजार ३ सय ४८ मत पाउँदा ओलीले १८ हजार ७ सय ३४ मत ल्याएका थिए।

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077