काठमाडौं । राप्रपा नेता कमल थापाले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा आफ्नो हार स्वीकार गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै थापाले मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले हार स्वीकार गरेको बताएका हुन् ।
उनले रास्वपाका विजयोन्मुख सस्मित पोखरेललाई बधाई दिँदै रास्वपाले देशभर उल्लेखनीय सफलता हासिल गरेकोमा शुभकामना व्यक्त गरेका छन् ।
पछिल्लो मतपरिणामअनुसार यस क्षेत्रमा सस्मितले १९ हजार २२७ मत प्राप्त गरिसकेका छन् । कमल थापाले ११५७ मत पाएका छन् र चौथो स्थानमा छन् ।
थापाले ‘हलो’ चुनाव चिह्नमा मतदान गर्ने मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै चुनावी अभियानमा सक्रिय सबै राप्रपा कार्यकर्तालाई धन्यवाद दिए ।