झापा। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भइरहेको मतगणनामा झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साह बालेन ले उल्लेख्य अग्रता बनाएका छन्।
हालसम्मको मतपरिणामअनुसार बालेनले २८७८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार केपी शर्मा ओलीले ११३० मत मात्रै पाएका छन्।
यस आधारमा शाहले ओलीभन्दा दोब्बरभन्दा बढी मतसहित अघि रहेका छन्।
यस्तै माटोले १३९, ताराले १२९ र रुख १८३ मत मात्रै प्राप्त गरेका छन् ।
झापा–५ मा मतगणना प्रक्रिया भने अझै जारी रहेको छ।