Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुलाको नागु र झुस्कुबाट रित्तो मतपेटिका बोकेर फर्किए कर्मचारी

दार्चुलाको नागु र झुस्कुबाट रित्तो मतपेटिका बोकेर फर्किए कर्मचारी

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । दार्चुला जिल्लाको दुई मतदान केन्द्रका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका कारण कर्मचारीहरु रित्तो मतपेटिका बोकेर फर्किएका छन् । 

जिल्लाको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् ।

स्थानीयको बहिष्कारका कारण प्रत्यक्षतर्फको मतपेटिका रित्तै बोकेर कर्मचारीहरू सदरमुकाम फर्किँदैछन् । दुवै मतदान केन्द्रका अस्थायी मतदाता (कर्मचारी)ले मात्रै समानुपातिकतर्फ मतदान गरे ।

गौरीशंकर मावि नागुका सहायक मतदान अधिकृत देवसिंह फर्सवानका अनुसार समानुपातिकतर्फ ९ मत खसेको छ । बाटो अप्ठ्यारो भएका कारण शुक्रबार मात्रै सदरमुकाम खलंगा फर्किने उनको भनाइ छ । यस मतदान केन्द्रमा ६०२ जना मतदाता थिए ।

उता अपिहिमाल गाउँपालिकामा रहेको दुधिला आधारभूत विद्यालयमा समानुपातिकतर्फ ८ मत खेको छ । स्थानीयले बहिष्कार गरेका कारण कर्मचारीले हालेको समानुपातिकतर्फको मात्रै मत लिएर सदरमुकाम फर्किएको मतदान अधिकृत प्रेमराज अवस्थीले जानकारी दिए ।

उनीहरु प्रत्यक्षतर्फको मतपेटिका रित्तो लिएर झस्कुबाट फर्किएका हुन् । यो मतदान केन्द्रमा ३४६ जना मतदाता थिए । 

नागुबासीले एक महिनादेखि नागुमा सडक लगायतका विकास निर्माणको माग राख्दै निर्वाचन बहिष्कारको घोषणा गरेका थिए । नागुबासीलाई फकाउन राजनीतिक दलले सार्वजनिक अपिल, भर्चुअल संवादसमेत गरेका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि स्थानीयसँग छलफल गरेका थिए ।

यहाँका स्थानीयलाई बुधबारमात्रै पनि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालले नागु पुगेर छलफल गरेका थिए । तर, स्थानीय आफ्नो अडानबाट टसमस भएनन् ।

माघ १ गतेबाटै संघर्ष समिति बनाएर नो भोटका पक्षमा उभिएका नागुबासीले योपटकको निर्वाचनमा मतदान नगर्ने निर्णय यथावत राखेको कारण मतपेटिका रित्तो फर्काइ दिएको संघर्ष समितिका संयोजक करनसिंह डडालले बताए । उनीहरुले यसलाई ‘नेता र सरकारप्रतीको आक्रोश पोखिएको’ भनेका छन् । 

त्यस्तै अपिहिमाल गाउँपालिका–३ का केही बस्तीका बासिन्दाले फागुन १५ गतेबाट नो भोट अभियान चलाएका थिए । २०७४ सालमा भएको वडा विभाजनले वडा नम्बर ३ का अधिकांश वस्तीलाई अपायक ठाउँमा वडा कार्यालय रहेको भन्दै वडा विभाजन नभएसम्म मतदान नगर्ने निर्णय गरेका कारण स्थानीय मतदानमा सहभागि नभएको स्थानीय कमलसिह रोकायाले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077