काठमाडौं । बिहीबार लागि निर्वाचन आयोगले मतदानका लागि तोकेको समय सम्पन्न भएको छ ।
आयोगले बिहान ७ बजेबाट साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकेको थियो ।
५ बजेपछि निर्धारित समय सकिए पनि लाइनमा बसेका मतदाताहरुलाई भने मत हाल्न दिइनेछ ।
केहीठाउँमा बाहेक अन्य स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । केही स्थानमा देखिएको विवादका कारण मतदान समेत रोकिएको छ ।
ओखलढुंगाको माने भन्ज्याङ मा स्थानीय मतदाताहरूले मतदानमा सहभागी नभएका छन्।
त्यस्तै, दाङको बबई गाउँपालिका-७, मलई स्थित देउती माध्यमिक विद्यालय (तल्लो मलई) र वडा नम्बर १ मा रहेको जनता माध्यमिक विद्यालय मा मतदाताहरूले मतदान बहिष्कार गरेका छन्।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ ९आज० का लागि निर्वाचनको मिति घोषणा गरेको थियो ।
शंका उपशंकाका बीच निर्वाचन आयोगले शान्तिपूर्ण मतदानलाई प्राथमिकता दिँदै बाँकी प्रक्रिया पूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।