Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा इरानको आक्रमण, विश्वलाई नै खतरा

विश्वको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा इरानको आक्रमण, विश्वलाई नै खतरा

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । अमेरिका र इजरायलले आफ्ना सर्वोच्च नेतासहित धेरै अधिकारीको हत्या गरेको विरोधमा इरानले विश्वलाई नै चुनौति दिनेगरी आक्रमण शुरु गरेको छ । 

आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या भएपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेसमाथि आक्रमण गरिरहेको छ । त्यतिमात्रै होइन इरानले अमेरिकासँग प्रत्यक्ष सम्बन्ध नभएका आफ्ना छिमेकी देशहरूका केही स्थानमा समेत आक्रमण थालेसँगै त्यसले विश्वलाई नै खतरा पुग्ने देखिएको छ ।

सोमबार इरानले साउदी अरब रहेको विश्वको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र अरामकोमा आक्रमण गरेको छ। रोयटर्सको रिपोर्ट अनुसार ड्रोन आक्रमणपछि साउदी अरेबियाको सरकारी स्वामित्वको तेल कम्पनी अरामकोले सोमबार आफ्नो रास तनुरा रिफाइनरी बन्द गरेको छ।

यो आक्रमणले मध्यपूर्वमा २ देशलाई एकैपटक चोट मात्रै दिएको छैन यसले विश्वलाई नै असर गर्ने देखिन्छ । यो रिफाइनरी साउदी अरब सरकारको स्वामित्वको हो । यो रिफाइनरी संयुक्त अरब इमिरेट्सको दुबइमा छ । 

रिपोर्ट अनुसार यो रिफाइनरी बन्द भएको खबरसँगै ब्रेन्ट कच्चा तेलको मूल्य ९.३२ प्रतिशतले बढेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077