Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिजबुल्लाहको रकेट प्रहारपछि बेरुतमा इजरायली बमवर्षा

हिजबुल्लाहको रकेट प्रहारपछि बेरुतमा इजरायली बमवर्षा

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । लेबनानी विद्रोही समूह हिजबुल्लाहले उत्तरी इजरायलको हाइफानजिकै रहेको एक सैन्य अखडालाई लक्षित गर्दै रकेट र ड्रोन आक्रमण गरेपछि इजरायलले लेबनानको राजधानी बेरुतमा हवाई बमबारी गरेको छ ।

हिजबुल्लाहले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा उक्त आक्रमण इरानका सर्वोच्च नेताको हत्याको बदला, साथै लेबनान र त्यहाँका जनताको रक्षाका लागि गरिएको दाबी गरेको छ । उसले इजरायलको ‘बारम्बारको आक्रामकता’ को प्रतिकारस्वरूप कारबाही गरिएको जनाएको छ ।

'इजरायली आक्रामकताको निरन्तरता र हाम्रा नेता, युवा र जनताको हत्याले हामीलाई उचित समय र स्थानमा आत्मरक्षा गर्ने अधिकार दिन्छ,' समूहले विज्ञप्तिमा उल्लेख गरेको छ।

साथै, कब्जा गरिएका लेबनानी भूभागबाट पछि नहटे इजरायलले चेतावनीपूर्ण जवाफ पाउने चेतावनी दिएको छ।

जवाफस्वरूप इजरायली लडाकु विमानहरूले दक्षिण बेरुतमा हवाई आक्रमण गरेका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण लेबनानका धेरै गाउँ तथा पूर्वी क्षेत्रको बेक्का उपत्यकामा पनि आक्रमण भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077