Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी आक्रमणमा खामेनेई मारिएपछि इरानको अन्तरिम सर्वोच्च नेतामा आराफी

अमेरिकी आक्रमणमा खामेनेई मारिएपछि इरानको अन्तरिम सर्वोच्च नेतामा आराफी

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनेईको मृत्यु भएको भोलिपल्ट (आज)आयातोल्लाह अलिरेजा आराफीलाई अन्तरिम सर्वोच्च नेताको जिम्मेवारी दिइएको छ ।

६७ वर्षीय आराफी खामेनेईका निकट सहयोगीका रूपमा चिनिन्छन् । उनले लामो समयदेखि इरानको धार्मिक तथा राजनीतिक संरचनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

आराफी एसेम्बली अफ एक्सपर्ट्सका उपाध्यक्ष हुन्, जसलाई सर्वोच्च नेता चयन गर्ने संवैधानिक अधिकार छ । उनी यसअघि गार्जियन काउन्सिलका सदस्यसमेत भइसकेका छन् । हाल उनी इरानको सेमिनरी (धार्मिक शिक्षा) प्रणालीको नेतृत्व गरिरहेका छन् ।

खामेनेईको निधनपछि इरानमा ४० दिनको राष्ट्रिय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरिएको छ । अब स्थायी सर्वोच्च नेता एसेम्बली अफ एक्सपर्ट्सले चयन गर्नेछ ।

इरानको संविधानको धारा १११ अनुसार नयाँ सर्वोच्च नेता चयन नहुञ्जेलसम्म देशको जिम्मेवारी अस्थायी परिषदले सम्हाल्ने व्यवस्था छ । यसअनुसार गठन भएको तीन सदस्यीय परिषदमा अलिरेजा आराफीसहित राष्ट्रपति मसुद पेजेशकियान र सर्वोच्च अदालतका मुख्य न्यायाधीश गुलाम हुसैन मोहसनी एजेई रहेका छन् ।

आराफी एसेम्बली अफ एक्सपर्ट्सका उपाध्यक्षका हैसियतमा अन्तरिम सर्वोच्च नेताको भूमिकासहित उक्त अस्थायी परिषदमा सहभागी भएका हुन् । नयाँ सर्वोच्च नेता औपचारिक रूपमा चयन नभएसम्म परिषदले देशको शासन सञ्चालन गर्नेछ । –एजेन्सी

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077